रानाको समुदायमा रानाकै सरकार बन्न सक्ने :- आरजु राणा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

रानाको समुदायमा रानाकै सरकार बन्न सक्ने :- आरजु राणा



मंसिर १५,धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर पाँचकी उमेदवार आरजु  देउवाले रानाको समुदायमा रानाकै सरकार बन्न सक्ने बताएकी छन् ।  धनगढी उपमहानगरपालीका १३ झलारी गाउमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै राना वा चौधरी समुदाय मात्र बसोबास गर्ने समुदायमा राना चौधरीकै सरकार बन्न सक्ने बताएकी हुन् ।

सविंधानले चौथो तहको सरकारको पनि परिकल्पना गरेको भन्दै उनले बाहुल्यताका आधारमा विषेश स्वायत्त सरकार पनि बन्न सक्ने बताइन् ।  ‘अहिलेको संविधानले चौथो तहको सरकारको पनि परिकल्पना गरेको छ ,स्थानिय सरकार भन्दा तल एउटा स्वायत्त सरकारहरु बन्न सक्छ ’उनले भनिन्  ‘एउटै समुदायको मात्रै बस्ति,भेषभुषा र समुदायमा त्यस्तो सरकार पनि बन्ने बाटो संविधानले नै खोलेको छ । ’

आफ्नो समुदायमा आफ्नै सरकार पनि बन्न सक्ने भन्दै नेतृ देउवाले नेता छान्दा वुद्धिमान,विकास प्रेमी र सक्षम नेता छान्नु पर्ने बताइन् । । ‘राना बाहुल्य क्षेत्रमा रानाकै सरकार पनि बन्न सक्छ’ नेतृ देउवाले भनिन्  ‘त्यसैले लोकतन्त्रमा विश्वास गर्ने सक्षम,योग्य र विकास गर्न सक्ने प्रतिनिधी चाहिन्छ ।’

प्रधानमन्त्री पत्नी समेत रहेकी नेतृ देउवाले लामो समय सम्म रोकिएर बसेको शघन शहरी विकास आयोजना , तीन सय वेडको अत्याधुनिक अस्पताल बनाउन आफुले सकेजती तागत लगाउने दोह्रोर्‍याइन् ।  यस्तै गेटामा अन्र्तराट्रिय विमानस्थल र लालपुर्जा समस्याका लागि पनि आफु गम्भिर रहेको उनको भनाइ थियो । ‘रोकिएर बसेको शघन शहरी विकास आयोजना,गेटामा अन्र्तराट्रिय विमानस्थल र लाजपुर्जा सम्मस्यामा गम्भिर छु’ उनले भनिन् ‘आफुले जिते यो समस्या सामाधानका तत्काल पहल थाल्ने छु ’ ।