रनवीर कपुरको सम्पत्ति कति ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रनवीर कपुरको सम्पत्ति कति ?



बलिउड–बलिउडका चकलेटी हिरो रनवीर कपुरको जन्म एक फिल्मी परिवारमा भएको थियो । उनका पिता ऋषि कपुर र आमा नितु कपुर बलिउडका चर्चीत कलाकारहरु हुन् ।

उनको परिवारका प्राय सबै सदस्यहरु फिल्मी क्षेत्रमा रहेका छन् । पढाइप्रति चासो कम हुँदै गएपछि उनले फिल्मी क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे । फिल्म अध्ययनका लागि उनी अमेरिका हानिए । उनले लि स्ट्रासबर्ग इन्सिटुटमा फिल्म मेकिङबारे अध्ययन गरे । उनले सर्ट मुभी प्यासन टु लवमा काम गरे । यस फिल्मको निर्देशन समेत आफैले गरे । त्यसपछि उनको बलिउड यात्राले रफतार लिने काम गर्यो ।

फोब्र्सका अनुसार उनको आम्दानी १५ मिलियन डलर रहेको छ ।

उनको कुल नेटवर्थ ४० मिलियन डलर रहेको छ ।

घरहरु

कृष्ण राज बंगला, बान्द्रा–१६,०६८ डलरः सन् १९८० मा किनिएको यो पारिवारिक घर हो ।

कपुर परिवारले आफ्नो बंगला परिवर्तन गरेर १५ तल्ले बिल्डिङ बनाउने योजना बनाइरहेको छ ।

बास्तु बिल्डिङ, पाली हिल, बान्द्रा–५.१ मिलियन डलर

ट्रम्प टावरमा अपार्टमेन्ट–१.९ मिलियन डलर

कारहरु

अउडी ए८–१.१८ करोड भारतीय रुपैयाँ

२००९ रेन्ज रोभर–१.२ करोड भारतीय रुपैयाँ

अउडी आर८–२.५५ करोड भारतीय रुपैयाँ

मर्सिटीज बेन्ज जि६३ एमजी–१.४५ करोड भारतीय रुपैयाँ

बाइक

हार्ले डेबिडसन फ्याट बोए–१५.५ लाख भारतीय रुपैयाँ