रञ्जु दर्शना- मेयरमा लड्दा २३ हजार मत, अहिले जमानत जफत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रञ्जु दर्शना- मेयरमा लड्दा २३ हजार मत, अहिले जमानत जफत



एकताका युवामाझ छाएकी रञ्जु दर्शनाको अहिले चर्चा समेत छैन । २०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरमा विवेकशील पार्टीबाट लड्दा उनको क्रेज ब्यापक थियो ।

तर यो पाँच वर्षको दौरानमा उनको नाम कमैले सम्झिन्छन । त्यतिबेला मेयर लड्दा २३ हजारभन्दा बढी मत पाएकी रञ्जुको प्रतिनिधिसभा चुनावमा भने जमानतजफत भएको छ।

१५ हजार २ सय ३७ मतका साथ कांग्रेसका प्रदीप पौडेल विजयी भएको काठमाडौं क्षेत्र नम्बर ५ मा रञ्जुले ६ सय मत कटाउन सकिनन् । याे क्षेत्रमा कुल ७० हजार ९ सय १९ मतदाता रहे पनि ४५ हजार ९ सय ९७ मत मात्रै खसेकाे थियाे ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशत मत पनि पुर्‍याउन नसकेकाले उनकाे जमानत जफत भएकाे हाे । १० वर्षअघिको चुनावमा ल्याएको मतका आधारमा उनलाई एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेललाई चुनौती दिनसक्ने उम्मेदवारका रूपमा हेरिएको थियो ।

२०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलको टिकटमा २१ वर्षको उमेरमै काठमाडौं महानगरको मेयरमा उठेकी रञ्जुले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् ।

बरु स्वतन्त्र उम्मेदवार हेमराज थापाले २४ सय मत ल्याए । यद्यपि, उनले पनि जमानत जोगाउने भने सकेनन् । यो क्षेत्रमा खसेको कुल सदर मतमध्य ४६ सय भोट नल्याउने २६ उम्मेदवारको जमानत जफत भएको छ ।