बुवाद्बारा आफ्नै छोरी बलात्कारको घटना प्रती नवज्योति क्लबको ध्यानाकर्षण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुवाद्बारा आफ्नै छोरी बलात्कारको घटना प्रती नवज्योति क्लबको ध्यानाकर्षण



सुखड,कैलाली – कैलालीमा आफ्नै बाबुले दुई छोरीलाई बलात्कार गरेको घटना प्रती घोडाघोडी नगरपालिका -२ मा रहेको नवज्योति युवा क्लबले ध्यानाकर्षण जनाएको छ ।सोमबार एक विज्ञप्ति मार्फत बाबुले बलात्कार गरेको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कडा कारबाहिको माग गरेको छ ।

क्लबका अध्यक्ष कृष्ण बिष्ट र उपाध्यक्ष विनोद अधिकारीद्बारा जारी गरिएको विज्ञप्तिमा, घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशोरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नवज्योति युवा क्लबको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा सामाजिक व्यतिथी तथा नैतिक आचारण गुमाइ गरिएको पशुतुल्य व्यवहार प्रती खेद प्रकट गर्दै घटनाको घोर भत्सर्ना गरिएको छ ।

साथै विज्ञप्तिमा दानव रुपि कार्य गर्ने निज व्यक्तिलाई सार्वजनिक गरि कडा भन्दा कडा कारबाही गरि पिडित छोरिहरुको उद्बार गरि सुरक्षित भविष्यको ग्यारेन्टी गर्न माग गरिएको छ ।