दुई छोरीमाथी आफ्नै बुवाद्बारा बलात्कारको आरोप : बाल संजालद्बारा बुवालाई कारबाहीको माग - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दुई छोरीमाथी आफ्नै बुवाद्बारा बलात्कारको आरोप : बाल संजालद्बारा बुवालाई कारबाहीको माग



सुखड,कैलाली – कैलालीमा आफ्नै दुई छोरी बलात्कार गरेको घटनाप्रति नगर स्तरीय बाल सञ्जालले कारवाहिको माग गरेको छ ।

नगर बाल सञ्जाल घोडाघोडीका अध्यक्ष हुकुम आचार्य तथा उपाध्यक्ष सुप्रीया थापाद्बारा हस्ताक्षर गरिएको एक प्रेस विज्ञप्ती निकाल्दै घटनामा संग्लन्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीकाको माग समेत गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘ यस्तो दानबिय प्रवृत्तिलाई हरेक बालबालिका र सिङ्गो मुलुक नै तिरस्कार गर्दै घटनाको सत्य, तथ्य पत्ता लगाइ उक्त घटनामा संग्लन्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीका लागि प्रहरी प्रशासन, न्यायलय र सरकारसंग नगर बाल सञ्जाल घोडाघोडीले जोडदार माग गर्दछ । साथै पीडित किशोरीहरु लाई उचित न्याय, क्षतिपूर्ति, स्वस्थ्य परिक्षण, उनको सामाजिक सुरक्षा, मनोसामाजिक परामर्श र उनको सम्मानमा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय समक्ष अनुरोध गर्दछौं ।’

यस्तै घटनाप्रति नगर स्तरीय बाल सञ्जाल धनगढीले समेत कारवाहिको माग गरेको छ । नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशीले एक प्रेस विज्ञप्ती निकाल्दै घटनामा संग्लन्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीकाको माग गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पीडित बालिकाको तर्फबाट संरक्षक बस्ने कोहि नभएको भन्दै ईलाका प्रहरी कार्यालय सुखडले जाहेरी नलिइ दुवै बालिकालाई शनिबार ओरेक नेपालको जिम्मा लगाइएको थियो ।