राप्रपाका युवा नेता हिकमत जङ्ग कार्कीद्वारा केन्द्रीय सदस्यमा उमेदवारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राप्रपाका युवा नेता हिकमत जङ्ग कार्कीद्वारा केन्द्रीय सदस्यमा उमेदवारी



काठमाडौँ,५ फागुन।

राष्ट्रिय प्रजातन्त्र पार्टीको फागुन ६ देखि ९ गते सम्म हुन लागेको आसन्न एेतिहासिक एकता माहाधिवेशनको माहौल निकै नै ताति रहको छ।उक्त महाधिवेशनको पूर्व सन्ध्यामा राप्रपाको केन्द्रीय अध्यक्षमा कमल थापालाई सर्व सम्मत चयन गरिएको छ भने अन्य पदहरूको बारेमा चर्चा परिचर्चा चलि रहेको अवस्था छ।राप्रपाका केन्द्रीय नेता देखि लिएर महाधिवेशन प्रतिनिधिहरू सबै बिच निकै नै चहल पहल बढी रहेको छ।

कैलाश कटवाल

राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा जिल्लाबाट विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा होमिएका राप्रपाका यूबानेता युवा सङ्गठनका केन्द्रीय सचिव हिकमत जङ्ग कार्की असन्न महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनी आधिकारिक रूपमा घोषणा गरी सकेका छन्।सङ्गठनमा ७५ जिल्लाका युवा प्रतिनिधिहरूको साथ पाएका कार्की निर्वाचित हुनेमा विश्वस्त छन् । कार्की पार्टीमा कमल थापाको निकट मानिएका लोकप्रिय र स्पष्ट ब्क्ताको रूपमा परिचित साथै संघर्षशील युवा नेता हुन।स्याङ्जा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका कार्की पार्टीको सबै भन्दा कान्छो उम्मेदवार भएको दाबी गर्छन्।कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीको विदेश स्थित भातृसंगठन प्रवासी नेपाली एकता समाजलाई हंगकंग र मकाउ समेत सङ्गठन बिस्तार गराउन सफल हुनु भएको छ।युवा नेता कार्की सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनु हुन्छ।पार्टीको नीति र विधानलाई आत्मसात गर्दै अगाडी बढेका व्यक्ति कार्की सदा सर्बदा पार्टीकै हितका लागि अहोरात्र खटिएर हिँड्ने ईमान्दार र स्वच्छ दृष्टिकोण राख्ने मध्येका एक जुझारु युवा नेता हुन।

दामोदर वाग्ले

त्यसै गरी आसन्न माहाधिवेशनमा अर्का युवा नेता काठमाडौँ जिल्ला युवा सङ्गठनका अध्यक्ष कैलाश कटवालले पनि केन्द्रीय सदस्यमा उमेदवारी दिने तयारी गरी रहेका छन्।काठमाडौँ जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटवाल युवाहरू माझ त्यति नै लोक प्रिय नेताको रूपमा परिचित छन् । कमल थापासँग निकट मानिएका कटवाल नेपाली चलचित्र प्रेम गीत २ मा अभिनय समेत गरेका छन् ।

त्यस्तै मकवानपुर जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हाल युवा सङ्गठनका केन्द्रीय उपाध्यक्ष दामोदर वाग्ले पनि केन्द्रीय सदस्यमा उठने सोचका साथ तयारीमा जुटेका छन् । अध्यक्ष कमल थापाको स्वकीय सचिव समेत रहेका वाग्ले पार्टीमा ईमान्दार नेताका रूपमा परिचित छन्।

पार्टीको ऐतिहासिक महाधिवेशनमा महिला, दलित ,आदिवासी जनजाति र सीमान्तकृत लगाएतलाई समावेशी प्रतिनिधित्व गराउदै पार्टीको आसन्न माहाधिवेशनमा कार्य समिति बनाउने निर्णय गरी सकेको अवस्था छ साथै यस पालीको महाधिवेशनले युवा नेतृत्वलाई पनि स्थान दिई पार्टीलाई अझै मजबुद बनाएर नेतृत्व पंक्तिले अगाडी बढाउने कुरामा विश्वस्त छन् कार्की।