राप्रपा अर्घाखाँचीको पहिलो बैठक सम्पन्न, रिक्त पदहरुमा मनोनयन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राप्रपा अर्घाखाँचीको पहिलो बैठक सम्पन्न, रिक्त पदहरुमा मनोनयन



हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५ 

राष्टिय प्रजातन्त्र पाटीृ अर्घाखाँचीको पहिलो बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।राप्रपा नेपाल र राप्रपा बिच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ ।

यसरी थप हुनेहरुमा सचिवमा वसन्त मल्ल, सदस्यहरूमा नारायण बहादुर टण्डन, चेत बहादुर पौडेल, विष्णु बहादुर महत्रा रहेका छन् । बाँकी सदस्यहरू पछि चयन गर्ने राप्रपाले जानकारी दिएको छ ।

राप्रपाले आगामी स्थानीय निर्वाचनमा सक्रियताका साथ जुट्ने निर्णय समेत लिएको छ । जसको लागि जिल्ला उपाध्यक्ष समेत रहेका अमर बहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला अध्यक्ष दीपक कुँवरले देशको एकमात्र राष्टवादी शक्ति राप्रपा रहेको भन्दै आगामी निर्वाचनमा जित्नेगरी तयारी गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।कार्यक्रम वसन्त मल्लको सञ्चालन र जिल्ला अध्यक्ष दीपक कुँवरको अध्यक्षतामा सम्पन्न भएको राप्रपा अर्घाखाँचीले जानकारी दिएको छ ।