राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीद्वारा नेपाली राजदुतावासमा ज्ञापनपत्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीद्वारा नेपाली राजदुतावासमा ज्ञापनपत्र



नयाँ दिल्ली, ८ माघ ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाएको छ ।

दाङदेखि दिल्लीसम्म सिधा बस सेवा सञ्चालनकालागि भारत सरकारसंग पहल गरिदिन नेपाली राजदुत दिपकुमार उपाध्याय समक्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

यस अघि सन् २०१४ मा नेपाल भारत बीच यातायात सेवा सम्झौता भए अनुसार काठमाडौं–दिल्ली, पोखरा–दिल्ली र महेन्द्रनगर दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ ।

यहि सम्झौतालाई तथा जनताको मागलाई मध्यनजर गर्दै दाङ–दिल्ली बस सेवा सञ्चालनका लागि पहल गरिदिन समितिका सचिव नारायणप्रसाद न्यौपाने सहित समितिका सम्पूर्ण पदाधिकारीको टोलीले दुतावासलाई ज्ञापन बुझाएको हो ।