धनुलाई फलिफाप, अन्य राशिको कस्तो छ आज ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धनुलाई फलिफाप, अन्य राशिको कस्तो छ आज ?



काठमाडौं-
आजको पात्रो : २९ कात्तिक २०७९, मंगलबार । तद्नुसार नोभेम्बर १५ तारिख २०२२ । मार्गकृष्णसप्तमी, विष्टि करण, पुष्य नक्षत्र, शुक्ल योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । 

आज बिहान सूर्योदय ०६ः२५ मा हुनेछ भने सूर्यास्त ०५ः१२ मा हुनेछ । बिहान ११ः२८ देखि १२ः११ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिन सबैभन्दा शुभ समय हो । 

आजका देवता पार्वती, ग्रहदेव चन्द्र हुन् । मंगलबार हनुमान र गणेशको मन्दिरको दर्शन गर्नु उत्तम हो । मंगलबार अचल सम्पत्ति अर्थात् घरको निर्माणको कामका लागि राम्रो दिन मानिन्छ । 
मंगलबार रक्तदान गर्नु पनि उत्तम मानिन्छ । मंगलबार कर्जा लिनुभयो भने फिर्ता गर्न ढिलो हुनेछ । उत्तरतर्फ फर्केर आजको दिन यात्रा गर्नु राम्रो मानिँदैन ।
मंगलबार गणेश र हुनमानको आरधना गर्ने दिन हो । शक्ति, भक्ति र सनातन धर्ममा सबैभन्दा पूजित देवता गणेश हुन् । मंगलबार शुरु गरेको काम मंगल नै हुन्छ भन्ने सामाजिक मान्यता रहेको छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि  मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आज बजारमा सामान खरिद नगर्दा हुन्छ । बिहान सूर्य नारायणको दर्शन गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ । आज यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । मौन बसेर काम गर्दा हुन्छ । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन मिथुन राशिका जातकले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा काम समेत समाधान हुँदै जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज अनुकल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा राग राख्ने मित्रसमेत सम्मानका शब्द प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ । चन्द्रमाको साथ दिएको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनका काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज काम सफल हुनेछ । बिहान गणेशको ध्यान र पूजा वा गणेश मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ । कसैसँग पनि बैरभाव नराखीकन काम गर्नु उत्तम हुनेछ । साताको सबैभन्दा महत्वपूर्ण र राम्रो दिन मानेर कार्य गर्नुहोला । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ प्राप्त हुनेछ । स्त्रीको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा सन्तानलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन सफलता मिल्नेछ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एक मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग पनि भैरभाव नराख्नुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको  फाइदा मिल्नेछ । सिर्जनात्मक काममा लागिरहनु उत्तम हुनेछ ।