'नेशनल क्रश' रश्मिका र 'डियर कमरेड' विजय प्रेम सम्बन्धमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘नेशनल क्रश’ रश्मिका र ‘डियर कमरेड’ विजय प्रेम सम्बन्धमा



पछिल्लो समय दक्षिण भारतीय सिनेमा पुष्पामा हिरोइनको अवतारमा देखिएका रश्मिका मन्दाना र डियर कमरेडका नायक विजय देवरकोन्डा प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियामा छाएको छ ।

डियर कमरेडमा बिजय र रश्मिका दुवैले स्क्रीन सेयर गरेका थिए । दक्षिण भारतीय सिनेमाहरू विश्व बजारमा राम्रो व्यापार गर्न थालेपछि कलाकारहरूको चर्चा चुलिन थालेको छ ।
केही दिनअघि पुष्पाका नायक अल्लु अर्जुनले रश्मिकालाई ‘नेसनल क्रश’ बताएका थिए ।

दक्षिण भारतीय सिनेमाबाट ख्याती हासिल गरेका रश्मिका र बिजय दुवै बलिउड फिल्ममा पनि देखिने तयारी गरिरहेका छन् ।

दुवैले नयाँ वर्ष गोवामा एकैसाथ मनाएको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । बिजय र रश्मिका दुवैले गोवामा नयाँ वर्ष मनाएको छुट्टाछुट्टै तस्वीरहरू सार्वजनिक गरेपछि भारतीय सञ्चारमाध्यमले गरेको दाबी सत्यताको नजिक पुगेको हो ।

आफूहरू प्रेम सम्बन्धमा रहेको विषयमा भने दुवैले केही बताएका छैनन् ।