नवनिर्वाचित राष्ट्रपतिको पहिलो दिन- यस्ता छन् कार्यक्रम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नवनिर्वाचित राष्ट्रपतिको पहिलो दिन- यस्ता छन् कार्यक्रम



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विविध कार्यक्रममा सरिक हुने भएका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग आज बिहान ८ बजे बोहराटारमा सभामुख देवराज घिमिरेले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नवनिर्वाचित राष्ट्रपति पौडेले साढे ८ बजे गुह्यश्वरी दर्शनमा निस्कनेछन् भने लगत्तै बिहान ९ बजे पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।

यस्तै, आज बिहान ११ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम छ ।