राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने पक्षमा माओवादी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने पक्षमा माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको ।’

उनले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले के हुन्छ हेर्न बाँकी रहेको बताए । एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।