राष्ट्रघाती ओली - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

राष्ट्रघाती ओली



ओली तिमी राष्ट्रघाती हौ,

जनतामा आशा जगाउने,

विकासको लहर ल्याउने,

फुट्नु हैन जुट्नुपर्छ भन्ने,

हो ,ओली तिमी राष्ट्रघाती हौ ।

सिके राउतले जस्तो, देश टुक्राउन भनेनौ

प्रचण्डले जस्तै मान्छे गिड्दे हिडेनौं,

महतोले जस्तो पहाडीयालाई लखेट भनेनौं,

भन्यौ के त ????

पहाड र तराई जोड्नुपर्छ ?

नेपालकै पारवहान चल्नुपर्छ,्

नेपालमै खानी खोज्नुपर्छ,

लोडसेडि¨ हट्नुपर्छ, र नेपाली जनता मिल्नुपर्छ

हो ,ओली त्यसैले तिमी राष्ट्रघाती हौ ।

हो ओली तिमी,

नाकावन्दीमा हार्नुपथ्र्यो, लुम्विनी भारतलाई सुम्पनुपथ्र्यो,

रन्जित रे लाई ढोग्नुपथ्र्यो,

मोदि सित केमेष्ट्रि र फिजिक्स मिल्नुपथ्र्यो,

तर तिमी नाकावन्दीमा हारेनौ,

रन्जित रे लाई मानेनौ,

लुम्विनी फुट्न दिएनँै,

मोदि सित साईन्स मिलाएनौ

हो ,ओली त्यसैले तिमी राष्ट्रघाती हौ ।

राष्ट्रघाती ओली,

तिमी जस्तालाई यहा“ मारिनेछ ,

मदन र विरेन्द्रलाई जस्तै पारिनेछ ,

भिमसेन थापालाई जस्तै गालिनेछ

त्यसैले ओली तिमी,

राष्ट्रवादी वन्न प¥यो,

नेपाल टुक्रनुपर्छ भन्न प¥यो,

कम्युनिजमको नारामा जात र भातको राज्य दिनुप¥यो,

प्रचण्डले जस्तै मार्ने धम्की आयो भन्दै,

देशका केही टुक्रा वेच्नै प¥यो,

अनि वल्ल कहलिने छौ तिमी देशभक्त ओली,

हो देशभक्त ओली

नवसुजित भण्डारी

बुटवल १५, वेलवास