चुनाव छाडेर राष्ट्रपति किन जाँदैछिन् यूएई ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चुनाव छाडेर राष्ट्रपति किन जाँदैछिन् यूएई ?



काठमाडौं-

राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् ।

निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन् । टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् ।

संविधान जारी भएपछि देशमा हुन लागेको पहिलो निर्वाचनकै बेला राष्ट्रपति विदेश जान हतार गर्नुको कारणबारे राष्ट्रपति कार्यालय भने मौन छ । निर्वाचनपछि बन्ने संसदले नयाँ राष्ट्रपतिको चयन गर्दैछ ।

वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समयदेखि राजदूत छैनन् । कृष्णबहादुर महरा बिनाविभागीय भएपछि अहिले परराष्ट्रमन्त्रीसमेत छैनन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ, यसको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राजदूत र परराष्ट्रमन्त्री दुवै नभएका बेला राष्ट्रपतिको भ्रमण गराउन खोजिनुलाई परराष्ट्र मामिलाका ज्ञाताहरूले आश्चर्यका रूपमा हेरेका छन् ।

खाडी मुलुकबीच आपसमा कूटनीतिक द्वन्द्व र धु्रवीकरण भइरहेका बेला देशकै अभिभावकको भ्रमणले मुलुककै पक्षधरतासमेत झल्किने उनीहरूको भनाइ छ ।