बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौंमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौंमा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् ।

विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाण्डौ आइपुगेका हुन् ।

राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका छन् । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए । राष्ट्रपति हमिदको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

राष्ट्रपति हमिद कार्तिक २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।