राष्ट्रपतिको निर्देशन: बाढी पीडितलाई राहत मात्र होइन बस्ती विकासको प्रबन्ध गर्नुस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राष्ट्रपतिको निर्देशन: बाढी पीडितलाई राहत मात्र होइन बस्ती विकासको प्रबन्ध गर्नुस



काठमाडौँ, भदौ ४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै देशमा गएको बाढी, पहिरो र समसामयिक विषयमा चासो व्यक्त गर्नुहुँदै उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सबैसँग आग्रह गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शनिवार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरी यस्तो आग्रह गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।
भेटमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
राष्ट्रपति भण्डारीले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनको उचित प्रबन्ध मिलाउन, प्राकृतिक प्रकोप न्यूनीनकरण गर्न अल्पकालीन र दीर्घकालीनरूपमा नदी प्रणालीलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले राजनीतिक दल र सम्बद्ध सबै पक्षलाई सहयोग पु¥याउन आह्वान गर्नु हुँदै प्राकृतिक विपत्तिलाई रोकथाम गर्न पूर्व तयारी हुनुपर्ने कुरामा जोड दिइन ।
राष्ट्रपतिले आगो र बाढीबाट बढी प्रभावित हुने फुस र परालका घरहरूलाई विस्थापित गर्ने, नेपाली संस्कृति र कलालाई महत्त्व दिएर नयाँ बस्ती विकास गर्नेतर्फ यथोचित ध्यान दिन पनि आग्रह गरिन । राष्ट्रपति भण्डारीले मुसहर, चमार, डोमजस्ता सीमान्तकृत र अति विपन्न समुदायको व्यवस्थित बसोबास र जीविकाको यथोचित प्रबन्ध गराउन जोड दिएको बुझिएको छ ।