राष्ट्रिय ढुकुटीमा सरकारको राजाइँ, ११ वर्षमा ४ अर्ब बाँडियो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रिय ढुकुटीमा सरकारको राजाइँ, ११ वर्षमा ४ अर्ब बाँडियो



 

१८ श्रावण, काठमाडौं ।

सरकारमा सहभागी दलहरुले ‘आर्थिक सहायताका नाममा आफ्ना नेता तथा कार्यकर्तालाई वार्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेका छन् । दोश्रो जनाअन्दोलन पछीका सरकारले आर्थिक सहायताका नाममा कार्यकर्तालाई रकम बाँड्दै आएको देखिन्छ ।

२०६३–६४ देखि २०७३–७४ सम्मका ११ वर्षमा सरकारमा सहभागी दलले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता नाममा कार्यकर्तालाई वितरण गरेका छन् ।

आजको नागरिक दैनिकका अनुसार कार्यकर्तालाई रकम वितरण गर्न सहज होस् भनेर बजेटमा नै आर्थिक सहायता शीर्षकमा यस्तो प्रयोजनका लागि बजेट छुट्याउने गरिएको छ । वास्तविक असहायका लागि यस्तो शीर्षकमा बजेट छुट्याइएको भए पनि वास्तविक असहायले यस्तो सहायता रकम कमै पाउने गरेका छन् ।