राष्ट्रिय प्रजातन्त्र पार्टी हँसपुरकाे भेला सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राष्ट्रिय प्रजातन्त्र पार्टी हँसपुरकाे भेला सम्पन्न



हरि प्रसाद भुसाल/अर्घाखाँची माघ १४
राष्ट्रिय प्रजातन्त्र पार्टी हँसपुरकाे भेला हिजाे सम्पन्न भएकाे छ । राप्रपाका जिल्ला सह संयाेजक अमर बहादुर थापाकाे प्रमुख अातिथ्यतामा भएकाे भेलाले तारा प्रसाद पन्थिकाे अध्यक्षतामा ११ सदस्यिय राप्रपा गाउँ कमिटि हँसपुरकाे गठन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा लिला बहादुर राेका मगर, काेषाध्यक्षमा शुशिला पन्थि र सचिवमा शिव बहादुर घर्ती मगर रहेका छन् । त्यसैगरि सदस्यहरुमा माेहन पाण्डे, निम बहादुर राेका मगर, हुम बहादुर राेका मगर, उषा भुसाल, शिवप्रसाद भुसाल, खड्क घर्ती मगर र सन्जु पन्थी रहेका छन् । भेलाकाे उद्घाटन गर्दै प्रमुख अतिथि रहेका थापाले देश बचाउनका लागि सच्चा राष्टवादिहरुकाे एकतामा जाेड दिएका थिए ।

सच्चा राष्टवादिहरुकाे साझा माेर्चा राप्रपा रहेकाे भन्दै थापाले राप्रपामा गाेलवन्द हुन जनताहरुलाई अाग्रह गरेका थिए ।