विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने



काठमाडौँ, २४ असार । 

आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ ।

विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र नेपाली साहित्यमा नयाँ पुस्ताको खोजी गर्ने उद्धेश्यले कक्षा ८ देखि १२ सम्मका देशभरका इच्छुक विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने आयोजक उषा मिडिया प्रा.लिई अन्तर्गत सञ्चालन भएको अनलाइन रेडियो नेपालीको अनलाइनले जनाएको छ ।

नेपालीको अनलाइनले शनिवार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गर्दै विद्यालयस्तरबाट नै नेपाली साहित्यमा लाग्ने अभिप्रेरणा दिलाउन प्रतियोगिता गर्न लागेको जनाएको छ । देशभरका विद्यार्थीहरू यस कार्यक्रममा सहभागी गराउने उद्धेश्य रहेको र विद्यालयस्तरको कविता प्रतियोगितामा अहिलेसम्म कविता प्रतियोगितामा दिइदै आएको भन्दा बढी रकमको पुरस्कार राशि रहने उषा मिडिया प्रा.लिई.अन्तर्गत सञ्चालन भएको नेपालीको अनलाईका कार्यकारी प्रमुख एवं नेपाली चलचित्रका अभिनेता निर्मल सेञ्चुरीले बताए । उनले भने, ‘देशभरबाट विद्यार्थीले प्रतिस्पर्धा गर्नसक्ने भएकाले पुरस्कार राशि हामी चित्तबुझ्दो नै राख्नेछौँ । हामीले बुझेसम्म कविता प्रतियोगितामा विजेताले अहिलेसम्म ५० हजार रुपैयाँ भन्दा बढी नपाएको भेटिएको छ । हामी अझै बुझेर यो भन्दा बढी नै पुरस्कार राशिका साथ प्रतियोगिता गर्नेछौँ ।’

साथै चलचित्र अभिनेता सेञ्चुरीलाई उषा मिडिया प्रा.लिई. अन्तर्गत सञ्चालन भएकोे नेपालीको अनलाइनमा कार्यकारी प्रमुखमा केही हप्ताअघि नियुक्त गरिएको उषा मिडियाका अध्यक्ष चन्द्र नेपाल ‘विकल्प’ ले बताए । उनले भने, ‘नेपाली चलचित्रका अभिनेता सेञ्चुरीलाई यस संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गरिएको छ । हामी कविता प्रतियोगितापछि चलचित्रसँग सम्बन्धित कार्यक्रम पनि गर्नेछौँ ।’

पत्रकार भेटघाटमा अभिनेता सेञ्चुरीले आफूले आगामी महिनादेखि दुबईमा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । दशैँलगत्तै नयाँ चलचित्र निर्माणमा लाग्ने बताउँदै उनले चलचित्र, व्यवसायसँगै समाजसेवातर्फ आफू लागिपर्ने बताए । यस्तै कार्यक्रममा चलचित्र कर्मि गजेन्द् रञ्जित, कवि तथा गीतकार रिञ्जीसागर राई लगाएतको उपस्थिति रहेको थियो । नेपालीकाे अनलार्इनले अनलार्इन रेडियाे, वेब सायट, अनलार्इन एप लगायत शिक्षा, चेतना र मनोरञ्जनमुलक बिभित कार्यक्रम कार्यक्रम सम्पन्न गरिसको छ ।