रसुवा-काठमाडौँ सम्पर्क समितिले पुरस्कार सहित सम्मान गर्‍यो । - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रसुवा-काठमाडौँ सम्पर्क समितिले पुरस्कार सहित सम्मान गर्‍यो ।



भदौ १८, काठमाडौं –

नेपाली काँग्रेस रसुवा-काठमाडौँ सम्पर्क समितिले एक भव्य समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुला रु ५१०० नगद सहित प्रशंसा पत्र द्वारा सम्मान गरेको छ । साथै सर्बोत्कृस्ट श्रेणीमा विद्यार्थी उतिर्ण गराउन सफल रसुवाका बिध्यालयहरूलाई पनि प्रशसा पत्र द्वारा सम्मान गरिएको छ ।

काठमाडौँको बालाजुमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो । पुरस्कृत विद्यार्थी तथा बिध्यालय लाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम का प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नर्सिङ के सीले विद्यार्थी तथा बिध्यालयको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको यो कार्यक्रम हाल सम्म कै उत्कृष्ट र उपलब्धि मूलक भएको भन्दै उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा उपस्थितलाइ स्वागत गर्दै कार्यक्रमको औचित्य बारे समिति का सचिव उत्तम पौडेलले प्रस्ट्याएका थिए ।  रसुवा जिल्ला ने बि सङ्घका कोषाध्यक्ष सन्दिप पौडेलले आगामी दिनमा ने बि सङ्घ रसुवाले पनि यस्ता खाले विद्यार्थी प्रोत्साहनका कार्यक्रमहरू गर्दै जाने भन्दै प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो कार्यक्रममा बक्ताहरू जनक जीवन उपाध्याय, प्रभात तामाङ, राजु तितुङ, लामाकार्पु तामाङ तथा नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले कार्यक्रमको प्रशंसा गर्दै आज सम्मकै रसुवा उत्कृष्ट एवम् उपलब्धि मूलक कार्यक्रम भएको भन्दै आयोजक समिति लाई बधाई व्यक्त गरेका थिए ।

कार्यक्रममा नेबिसङ्घ रसुवाका पूर्व अध्यक्ष एवम् रसुवा काँग्रेसका युवा नेता धर्मराज पौड्यालले पुरस्कृत सम्पूर्ण विद्यार्थी तथा बिध्यालयको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै आगामी दिनहरूमा रसुवा जिल्लाको हर शैक्षिक अभियान,  विद्यार्थी तथा बिध्यालयको समस्या समाधानमा नेपाली काँग्रेस रसुवाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष शैलेष पौडेलले कार्यक्रमको सञ्चालन गर्दै रसुवाबाट काठमाडौँ आइ बसोबास गर्ने रसुवालीको सुख दुखमा सहयोग गर्न नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समिति सदैव अग्रणी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।