मतगणना नसकिँदै रसुवामा कांग्रेसका मोहन विजयी - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मतगणना नसकिँदै रसुवामा कांग्रेसका मोहन विजयी



काठमाडौं – मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ ।

करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिएका छन्।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एमालेका जनार्दन ढकाललाई हराएका थिए ।

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ ।