रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन- रवि लामिछाने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन- रवि लामिछाने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लेनदेन र भ्रष्टाचारमा संलग्न कुनै पनि नेता कार्यकर्तालाई आफूले नबचाउने बताएका छन् ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएको प्रसंगमा फेसबुकमा स्टाटस लेखेर लामिछानेले कसैले पृथ्वीभरको पैसा दिन्छु भनेपनि आफूले गलत काम नगर्ने र गलत कामको धन्दाको आसा नगर्न पनि आग्रह गरेका छन् ।

उनले रास्वपा रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी नभएको र पैसाको लेनदेन हुनु त परको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने दाबी गरेका छन् । नयाँ पार्टी भएकाले मान्छे चिन्न गाह्रो भएपनि पार्टीमा विधि भएकाले चिन्ता नगर्न सभापति लामिछानेले आग्रह गरेका छन् ।

घुसको अडियो काण्डलाई चुनावी हतियार बनाउदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउने षड्यन्त्र भएको भन्दै उनले भनेका छन्, ‘आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।’