गृहमन्त्री पाए रास्वपा सरकारमा जाने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गृहमन्त्री पाए रास्वपा सरकारमा जाने



काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने जनाएको छ । पुस १० गते रास्वपालाई गृहमन्त्री दिने सहमति भएको थियो ।

पार्टीका प्रवक्ता मुकुल ढकालले सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने बताएका हुन् ।

‘हामी सरकारमा जानेरनजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं तर, पुस १० गतेको सहमति बमोजिम (गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री) हुनुपर्ने छ । साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो’ ढकालले भने ।