गायक नन्दु परियारको 'रातै रमाइलो' (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गायक नन्दु परियारको ‘रातै रमाइलो’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लोकसङ्गीत क्षेत्रका चर्चाका गायक नन्दु परियार र चर्चित गायका शान्ति श्री परियारको स्वरमा रहेको दसैँ तिहार विशेष गीत “रातै रमाइलो” केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय निकै चर्चामा रहेका गायक तथा सर्जक खेम सेन्चुरीको लय/शब्दमा रहेको यो दसैँ विशेष गीत अहिले चर्चामा छ । माया प्रेममा आधारित दसैँ तिहारमा मायालु सँग भेटे पछि रातै रमाइलो हुने कथालाई गीतमा समावेश गरिएको छ ।

साईभिजन प्रा.लीको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भिडियो राजेश घिमिरेले खिचेका छन् । विष्णु शर्माको सम्पादन रहेको गीतको भिडियोमा मोडल उनै सर्जक खेम सेन्चुरी र जुना गुरुङको जोडदार अभिनय रहेको छ ।