काठमाडौँ, ललितपुर र भक्तपुरमा रातभर मान्छे पोलेको जस्तो दुर्गन्ध - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौँ, ललितपुर र भक्तपुरमा रातभर मान्छे पोलेको जस्तो दुर्गन्ध



काठमाडौं- विगत केहिदिन यता काठमाडौँ, ललितपुर र भक्तपुरमा रातिको समयमा अत्यन्तै सहन नसक्ने गरी दुर्गन्ध फैलिने गरेको गुनासो बढेको छ । पछिल्ला केहिदिन यसको चर्चा गर्ने निकै बढेका छन् । सर्वसाधारणहरूले सामाजिक सञ्जालमा पनि यस्तो गुनासो गरिरहेका छन् ।

दिउसोमा केहि नहुने तर रातिमा चर्को रुपमा पोलेको जस्तो गन्ध आएकाले सुत्नसमेत नसकेको केहीको गुनासो छ । तर प्रशासन र सम्बन्धित निकाय भने यसबारे बेखबर छ ।

काठमाडौंको तीनकुने, बानेश्वर, अनामनगर, धोबिखोला, सुविधानगर, ललितपुरको सातदोबाटो, एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुल्चोक, कुमारीपाटी, गाबहाल र भक्तपुरको काँडाघारी, सानोठिमी लगायतका स्थानमा मध्यरातमा यस्तो समस्या हुनेगरेको छ।

कतिपयले त मान्छे पोलेको जस्तो गन्ध लामो समय आइरहेको कारण निकै समस्या हुनेगरेको बताएका छन् । यसलाई कतिपयले सामाजिक सञ्जालमा आफ्नै हिसाबले व्याख्या गरेका छन् । सुरुमा कतिपयले यसलाई अपराधसङ्ग जोडेर समेत लेखेका थिए अहिले धेरै ठाउँमा एकैपटक यस्तो समस्या भएपछी कुनै केमिकलको दुर्गन्ध भएको समेत चर्चा भएको छ भने कतिपयले दिल्लीमा भएको वायु प्रदुषणको असर भएको बताएका छन् ।

खासमा के को गन्ध हो ?
केहिले अनुमान गरेजस्तो वायु प्रदूषणका कारण यस्तो गन्ध आउन सक्छ भनेर केहि जानकारलाई हामीले सोध्दा यो हुन नसक्ने उनीहरू बताउँछन। उनीहरूको भनाई अनुसार प्रदूषणको कारणले यस्तो हुनसक्ने तर हामीकहाँ त्यस्तो स्तरमा प्रदुषण नभएको उनीहरूको जिकिर छ ।

उनीहरूका अनुसार दिल्लीको वायु प्रदूषणको असर पनि काठमाडौँसम्म पुग्दैन । यदि वायु प्रदूषणको कारण नै भएको भए यस्तो दुर्गन्ध दिउसोमा पनि आउने उनीहरूको भनाई छ।

कहिले यसलाई फेसबुकमा हुने धेरै जसो हल्ला जस्तै भएको र यो सन्चो नभएको पनि बताएका छन्। तर यो हल्ला मात्र भने होइन रातिको समयमा समस्या भएका सर्वसाधारणको भोगाई नै यस्तो देखिएको छ ।

जे भएपनि सम्बन्धित निकाय र प्रशासनले यसलाई गम्भीर रूपले लिनुपर्ने देखिएको छ ।