गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारीमा प्रहरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारीमा प्रहरी



काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

राउतले अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक महिला प्रहरीले विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । सोहि उजुरीको आधारमा राउतलाई पक्राउ गर्न लागिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा गायिका राउतले विमानस्थलमा महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै तथानाम गाली गरेको भिडियो हालेकी थिइन् ।

फेसबुक लाइभमार्फत तथानाम बोलेकी गायिका राउतको अहिले चर्को बिरोध भैरहेको छ । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

ती महिला प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले आस्था राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिए ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई भोलि(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

भोलि जिल्ला प्रशासन कार्यालय खुलेपछि अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्न प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी भैरहेको छ ।

प्रमुख जिल्ला अधिकारीले पक्राउ पुर्जी जारी गरेपछि राउतलाई भोलि नै पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकरी दियो ।

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । उनी भोलि नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको तयारी छ ।