रौतहटमा गोली हानाहान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रौतहटमा गोली हानाहान



रौतहट- रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।

मंगलबार राति इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच गोली हानाहान भएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ। प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ।