कार्यकक्षमै यौनसम्पर्क गर्ने प्रहरी रङ्गेहात पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कार्यकक्षमै यौनसम्पर्क गर्ने प्रहरी रङ्गेहात पक्राउ



रौतहट, असोज १४ ।

रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले कार्यकक्षमै एक महिलासँग शारिरीक सम्बन्ध राखिरहेका समयमा रङ्गेहात पक्राउ परेका छन ।

यौनधन्दामा संलग्नको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी एक महिलालाई कार्यालय कक्षमा नै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले महतोलाई स्थानीयले रङ्गेहात पक्राउ गरपछि उनीहरु आक्रोशित बनेका हुन ।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउँकै एक महिलासंग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिलालाई हिरासतमा लिएको बताए ।