रविलाई कारबाही गर्ने निर्णयबाट 'ब्याक' भयो निर्वाचन आयोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रविलाई कारबाही गर्ने निर्णयबाट ‘ब्याक’ भयो निर्वाचन आयोग



काठमाडौं- नागरिकताको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्ने निर्णयबाट निर्वाचन आयोग ‘ब्याक’ भएको छ ।

नागरिकताबारे प्रश्न उठाउँदै दायर भएको उजुरीमा थप कारबाही अगाडी नबढाउने निर्णयमा आयोग पुगेको आयोग स्रोतले बतायो । आयोगले अब कुनै कारबाही वा कुनै निर्णय गर्नुनपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

आयोगले सात दिनको म्याद दिएर सोधेको स्पष्टिकरणमा निर्वाचनको नतिजा आइसकेपछि मात्रै आयोगमा पेस भएकाले थप कारबाही अगाडी बढाउन नपर्ने निष्कर्ष आयोगले निकालेको हो ।

आयोगले निर्वाचनको नतिजा आएपछि कारबाही अगाडी बढाउन नमिल्ने निष्कर्ष निकालेको स्रोत बताउँछ । निर्वाचन सम्बन्धि ऐनले पनि नतिजा आउनु अघि मात्रै आयोगमा पेस हुन सक्छ भनेकाले आयोग ब्याक भएको हो । आयोगका एक पदाधिकारीका अनुसार नतिजा नै आएपछि आयोगको दायरामा यो विषय नरहेको बताए ।

रविले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकताका लागि प्रक्रिया अघि नबढाएको भन्दै उमेदवारी खारेजीको माग गरेर उजुरी परेको थियो । आयोगले उनलाई सात दिनभित्र स्पष्पटीकरण पेस गर्न पत्र पठाएको थियो ।