रवि लामिछाने गृहमन्त्री बनेपछि तनावमा मन्त्रालयका कर्मचारी र प्रहरी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

रवि लामिछाने गृहमन्त्री बनेपछि तनावमा मन्त्रालयका कर्मचारी र प्रहरी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ । गैरराजनीतिक नयाँ मान्छे गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने कौतुहला देखिएको छ ।

लामिछाने तीन वर्षअघि प्रहरीबाटै थुनिएका थिए । त्यतीबेला सर्वेन्द्र खनाल आइजिपी थिए । चितवनका तत्कालिन एसपी दानबहादुर मल्लले उनलाई थुनामा राखेका थिए । आफुविरुद्ध प्रहरीले सुनियोजित रुपमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको उनको आरोप थियो । अहिले उनै प्रहरीलाई कमाण्ड गर्ने ठाउँमा पुगेका छन् ।

राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाएका थिए । अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ ।

‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’

राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।