सरकार नछाड्न रविलाई आफ्नै पार्टीभित्र दवाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकार नछाड्न रविलाई आफ्नै पार्टीभित्र दवाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकार नछोड्न पार्टीबाटै दवाव सिर्जना भएको छ ।

सो पार्टीको केन्द्रीय र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले अर्को कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुने कि नहुने भन्ने प्रस्ताव गरेका थिए ।

उनले भौतिक तथा पूर्वाधार मन्त्रालयको नाम नलिइकन प्रधानमन्त्री पुष्पकमल दाहाल तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव राखेका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार सबैजसो सदस्यले सरकारमै रहनुपर्ने भन्दै दवाव बढाएका छन् । उनीहरुले अर्को मन्त्रालय लिएर पनि सरकारमा रहनुपर्ने, सकेसम्म सभापति लामिछाने नै सरकारमा सहभागी हुनुपर्ने राय व्यक्त गरेको ती सदस्यले जानकारी दिए ।

आज पनि निर्णायक बैठक बस्दैछ । बाँकी सदस्यले आ आफ्ना धारणा आजको बैठकमा राख्ने तयारी गरेका छन् । “आज हामी निर्णायक छलफलमा जुट्दैछौँ,” ती केन्द्रीय सदस्यले भने, “सभापतिको प्रस्ताव मन्त्रालय परिवर्तन गरेर पनि सरकारमै बस्ने कि बाहिरिने भन्ने छ । सबैको राय लिएपछि आजै निर्णय गर्ने सम्भावना पनि छ । तर धेरैजसोको राय चाहिँ सरकारमै बस्नुपर्छ भन्ने छ ।”