चितवन–२ मा रवी लामिछानेलाई एकलौटी मत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चितवन–२ मा रवी लामिछानेलाई एकलौटी मत



काठमाडौं- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् । पहिले निकै पछाडी रहेका लामिछानेले एकाएक अग्रता लिँदै निकै अगाडी बढेका छन् ।

मतगणना सहरी क्षेत्रमा प्रवेश गरेपछि लामिछानेलाई एकलौटी मत आइरहेको बताइएको छ । मंगलबार साँझ सम्म तेस्रोमा रहेका रवीले आश्चर्यमा पार्नेगरी अग्रता लिएका छन् ।

१६,७५६ मत गणना हुँदा रविले ६,६२४ मत ल्याएका छन् ।एमालेका कृष्णभक्त पोखरेलले ४,७५४ मत ल्याएका छन् । कांग्रेसका उमेश श्रेष्ठ ४,३१६ मतले अगाडि छन् ।

रवि दोस्रो स्थानका पोखरेलभन्दा १,८७० मतले अगाडि छन् ।