रवी लामिछाने नागरिकता प्राप्त गर्ने प्रक्रियामै नगएको पुष्टि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रवी लामिछाने नागरिकता प्राप्त गर्ने प्रक्रियामै नगएको पुष्टि



काठमाडौं- आसन्न चुनावी मैदानमा रहेका चर्चित उम्मेद्वार रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा फसेका छन् । सो विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा नगएको स्पष्टिकरण दिएका छन् ।

लामिछानेका अनुसार, २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा उनी गएनन् ।

पर्यटक भिसामा नेपाल छिरेर काम गरिरहेको विषयमा आलोचना भएपछि ४ वर्षअघि उनले अमेरिकी पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘सरेन्डर’ गरेका थिए। साथै दूतावासमा बुझाएको २ हजार ३ सय ५० अमेरिकी डलर दस्तुर रकमको रसिद र पासपोर्ट सरेन्डर गरेको पत्र पनि सार्वजनिक गरेका थिए ।

तर, लामिछानेले अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन भनेर प्रमाण सार्वजनिक गरेका छैनन् । अमेरिकी नागरिकता त्याग्न पनि त्यहाँको कानुनअनुसार विभिन्न चरणका प्रक्रियाहरू पूरा गरेको हुनुपर्छ ।