रविलाई ओली र प्रचण्डको प्रस्ताव- गृह होइन अर्को मन्त्रालय लिनोस् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रविलाई ओली र प्रचण्डको प्रस्ताव- गृह होइन अर्को मन्त्रालय लिनोस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरिएको छ । सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो प्रस्ताव गरेका हुन् ।

रवि लामिछानेको विषयमा पासपोर्ट र अन्य उठिरहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन प्रस्ताव गरिएको हो । रास्वपाले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने अल्टिमेटम दिएको अन्तिम समयमा यस्तो प्रस्ताव गरिएको हो । रास्वपाले बिहीबार गृहमन्त्रीका लागि दुई दिनको अल्टिमेटम दिएको थियो ।

रास्वपाका सभापति लामिछाने पुनः गृहमन्त्री बन्ने योजनामा रहेका छन् । तर, राहदानी विवाद कायमै रहेकाले तत्काल उनलाई गृहमन्त्री दिन प्रधानमन्त्री तयार छैनन् ।

तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्य रहेका छन् । यसबारे औपचारिक निर्णय गर्न रास्वपाले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।