देशभर तरङ्ग आयो, ठूलो जिम्मेवारी महसुस भएको छ- रवी लामिछाने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देशभर तरङ्ग आयो, ठूलो जिम्मेवारी महसुस भएको छ- रवी लामिछाने



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन्। सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए।

‘देशभरको रिपोर्टिङले उत्साहित छु’, संचारकर्मीसँग उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ।’

उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए।’हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ’, उनले भने।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए। ‘एकछिन मतपत्र हेरेर बसेँ’, उनले भने, ‘ठूलो जिम्मेवारी बोध महसुस भएको छ।’

देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए। बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए।

लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताए। आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ।