रवी लामिछाने र कृष्णभक्तबीच १ सय मतको दूरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रवी लामिछाने र कृष्णभक्तबीच १ सय मतको दूरी



चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन् ।

मंगलबार बिहान सार्वजनिक भएकाे मतपरिणाम अनुसार रविले २ हजार २ सय २७ मत पाएका छन् ।

पहिलाे स्थानमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ३ सय ३१ मत पाएका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्राे स्थानमा झरेका छन् । उनकाे खातामा अहिलेसम्म २ हजार ३६ मत परेकाे छ ।

मतगणना सुरु भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने श्रेष्ठलाई पछि पारेर दाेस्राे स्थानमा उक्लेका हुन् ।