भीम रावलमाथि अन्याय- पार्टीले टिकट दियो, ओलीले खोसे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भीम रावलमाथि अन्याय- पार्टीले टिकट दियो, ओलीले खोसे



एमाले नेता भीम रावलको नाम अछाम १ बाट प्रतिनिभिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट खोसेका छन् ।

अन्ततः एमालेले अछाम-१ बाट उनलाई उम्मेदवार नबनाउने भएको छ । रावलले टिकट नपाउने भएपछि एमालेकै नेताहरूले यसको बिरोध गरेका छन् । कतिपय नेताहरूले रावलमाथि अन्याय भएको बताएका छन् ।

एमालेले उनको स्थानमा माओवादी छोडेर एमालेमा बसेका झपटबहादुर बोहोरालाई टिकट दिएकाे छ ।

नेता रावल अछामबाट २०४८ यताका सबै चुनाव लड्दै आएका नेता हुन् । एमालेको उपाध्यक्षसमेत भइसकेका रावल अध्यक्ष केपी शर्मा ओलीका आलोचक मात्र होइनन् चितवन महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहानामाथि तगारो बनेका नेता पनि हुन् ।

त्यति मात्र होइन, नेकपामा चर्किएको विवाद र एमाले पुनःस्थापनापछि चर्किएको विवादमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल समूहमा रहेर पार्टी विभाजनको अवस्थामा सम्म पुर्‍याएका नेता हुन् ।

तर, १० बुँदे सहमतिपछि उनी विभाजित पार्टीमा नगई एमालेमै बसेका थिए । रावलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेका थिए ।

तर, देउवा प्रधानमन्त्री भएर संसदमा विश्वासको मत लिन जाँदा भने सांसदबाट राजीनामा दिएका थिए । यद्यपी उनको राजीनामा अस्वीकृत भएको थियो ।

नेता रावलले आफूलाई टिकट नदिइकाे बारे जानकारी नभएकाे बताएका छन् ।