भीम रावल र घनश्याम भुसाल एकीकृत समाजवादीमा जान सकारात्मक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भीम रावल र घनश्याम भुसाल एकीकृत समाजवादीमा जान सकारात्मक



काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र पूर्वएमाले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने तयारी थालेको छ ।

बिहीबार भर्चुअल माध्यमबाट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले रावल र भुसाललाई पार्टीमा ल्याउने तयारी भइरहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘घनश्यामजीसँग कुरा भइरहेको छ । उहाँ हामीसँग रहन सकारात्मक हुनुहुन्छ । भीम रावलजीसँग पनि कुरा भइरहेको छ । तर, त्यति अगाडि बढ्न सकेको छैन । तर, उहाँहरु दुवै सकारात्मक हुनुहन्छ ।’

अध्यक्ष नेपालले रावल र भुसाललाई पार्टीमा ल्याउने तयारी भइरहेको बताए पनि उनीहरुले भने केही प्रतिकृया दिएका छैनन् ।

प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएका कारण रावल असन्तुष्ट छन् भने भुसाललाई एमालेले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।

पार्टीले टिकट नदिएपछि स्वतन्त उम्मेदवारका रुपमा चुनावी मैदान उत्रेका भुसाललाई पार्टीले कारबाही गरेको हो ।