भीम रावललाई एमालेमा किन गरियो हेला ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भीम रावललाई एमालेमा किन गरियो हेला ?



काठमाडौं- नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

अध्यक्ष मण्डलमा उपाध्यक्ष भीम रावल भने अटाएनन् । सुदूरपश्चिम प्रदेशको ईञ्चार्जको जिम्मेवारी नपाएपछि असन्तुष्ट रहेका रावल विधान महाधिवेशनको अध्यक्ष मण्डलमा समटिएका छैनन् ।

नेकपा माओवादी केन्द्र छोडेर आएका स्थायी कमिटी सदस्य रामबहादुर थापा पनि समेटिएका छन् ।

माधव नेपाल समूह छोडेर एमालेमा बसेका उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका छन् । साथै उनले पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।