भीम रावललाई शिक्षामन्त्री खनालको कडा जवाफ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भीम रावललाई शिक्षामन्त्री खनालको कडा जवाफ



काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले आफ्नो लगानी भएको निजी विद्यालय कुन हो त्यो बताइदिन नेकपा एमालेका नेता भीम रावललाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी विमोचन कार्यक्रममा बोल्दै एमाले नेता रावलले मन्त्रीहरुबारे टिप्पणी गरेका थिए ।

रावलले भनेका थिए, ‘आज मन्त्रीहरू हेरौं त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ निजलाई खोजीखोजी त्यहीं नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय ‘।’

यसको जवाफ फर्काउँदै शिक्षामन्त्री खनालले आफ्नो लगानी भएको निजी विद्यालय देखाइदिन आग्रह गरेका हुन् ।

खनालले ट्वीट गरेका छन्– ‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा. लाई थाहा रहेछ । लौ न भनिदिनु पर्यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो ।’