संसदमा भिम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको हो ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संसदमा भिम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको हो ?



काठमाडाैं । प्रतिनिधिसभाका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन दलका हुन् भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शुरुमै बोल्दै रावलले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरिदिएकाले प्रधानमन्त्री कुन दलका हुन् भन्ने नै तय नभएकाले पहिले त्यसको निक्र्योल गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री कुन पार्टीबाट हुनुहुन्छ ? उहाँले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ ? त्यो स्पष्ट भएर मात्र यी अध्यादेशहरु यथोचित हुन् कि होइनन् तिनको बैधता हो कि होइन भन्ने निक्र्योल गर्न जरुरी छ ।’ रावलले भने ।

रावलले आफैले हत्या गरेको प्रतिनिधिसभामा आफैंले अध्यादेश ल्याउन प्रधानमन्त्रीलाई नैतिक रुपमा पनि नमिल्ने जिकिर गरे ।