भीम रावलसँग वार्ता गर्दै ओली - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भीम रावलसँग वार्ता गर्दै ओली



सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि नेताहरूसित छलफल गरिररहेका छन् ।

ओलीले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । उनले आजको बन्दसत्रअघि अध्यक्षका आकांक्षी भीम रावलसँग पनि छलफल गर्ने तयारी गरेको बताइएको छ ।

बन्दसत्रमा प्रस्ताव गर्ने केन्द्रीय सदस्यहरूको नामावलीका विषयमा उनले सहमति जुटाउने प्रयास गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि विभिन्न पदमा आकांक्षीहरू धेरै हुँदा सहमतिमा सकस भएको हो ।

हिजो पहिलो दिनको बन्दसत्रमा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार दिइएको थियो । तर, अध्यक्षका आकांक्षी रावल उमेदवारीबाट पछि नहट्ने अडानमा छन् ।

सहमतिको प्रयासस्वरूप जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । आज बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र मध्याह्न सवा १२ बजेसम्म सुरु भएको छैन ।