भारतले रूससँग सुरक्षा सम्झौता गरेलगत्तै रक्षाध्यक्षको रहस्यमय दुर्घटना, गम्भीर षडयन्त्रको चर्चा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

भारतले रूससँग सुरक्षा सम्झौता गरेलगत्तै रक्षाध्यक्षको रहस्यमय दुर्घटना, गम्भीर षडयन्त्रको चर्चा



काठमाडौं- भारतका रक्षाध्यक्ष अर्थात् चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधबार मध्याह्न भएको उक्त दुर्घटनामा रावतसहित १३ जनाको मृत्यु भएको हो ।

भारतको तमिलनाडुमा भएको उक्त दुर्घटनामा रावत उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूको मृत्यु भएको बताइएको छ । भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको भारतीय सेनाले बताएको छ।

जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्। दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पुर्जाबाट धुँवा निस्किरहेको देखिएको थियो।

उक्त हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको बताइएको छ। रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन् ।

गम्भीर षड्यन्त्रको आशंका

विपिन रावत सेनाका पूर्वप्रमुख र रक्षाध्यक्ष अर्थात् चीफ अफ डिफेन्स स्टाफ जनरल भएको कारण उनको मृत्युपछि अनेक आशंकाहरू गरिएको छ । कछन्हिँ अन्तराष्ट्रिय मिडियाहरूले उनको दुर्घटनामा गह्भिर षड्यन्त्र बनेको आशंका गरेका छन् । खासगरी भारतले भर्खरै मात्र रुससँग सुरक्षा सम्झौता गरेको कारण रावतको दुर्घटना भएको आशंका गरेका छन् ।

रावतको दुर्घटनामा मृत्यु भएपछि एकथरीले यसमा सीआईएको हात रहेको भनी षड्यन्त्र सिद्धांत अघि सारेका छन् । रुससँग भारतले एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेको अमेरिकालाई चित्त नबुझेको केहि सञ्चारमाध्यमले बताएका छन् ।

रावत चढेको हेलिकप्टर एकदमै सुरक्षित र भरपर्दो भएको बताइएको छ । सुरक्षा र अन्य दृष्टिले पनि अत्यन्त सुबिधासम्पन्न हेलिकप्टर भएको बताइएको छ । कतिपय मिडियामा प्रकाशित समाचार अनुसार उक्त हेलिकोप्टरम यान्त्रिक गडबडी गराइएको हुन सक्ने आशंका ब्यक्त गरिएको छ ।

भारतीय रक्षाध्यक्ष चढ्ने हेलिकोप्टर निकै सुबिधासम्पन्न र सुरक्षित भएको भारतकै मिडियाले बताएका छन् । सुरक्षित र भरपर्दो हेलिकोप्टर हुँदापनि दुर्घटना हुनु र भारतले रुससँग गरेको सम्झौतासँग जोडेर विभिन्न कोणबाट समाचार र टिप्पणीहरू सार्वजनिक हुन थालेका छन् ।

रक्षा र ब्यापारसहित २८ बुँदे सम्झौता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार ६ घण्टा लामो भारत भ्रमण गरेका थिए । यसक्रममा भारतीय विदेश मन्त्रालयले राष्ट्रपति पुटिनको भ्रमण उपलब्धीपूर्ण रहेको बताएको थियो । पुटिन र मोदीबीच महत्वपूर्ण भेटवार्ता भएको भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले आयोजित प्रेसमिटमा जानकारी दिएका थिए ।

रुस र भारतबीच ब्यापार, ऊर्जा, संस्कृति, बौद्धिक सम्पदा, जनशक्ति, साइबल आक्रमण लगायतका क्षेत्रमा २८ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । आगामी १० वर्षको लागि भारत र रुसले अर्को एक रक्षा सम्झौता समेत हस्ताक्षर गरेका छन् ।

विदेशसचिव श्रृंगलाका अनुसार द्विपक्षीय व्यापार र भारतमा रुसी लगानी वृद्धि गर्नेबारे समेत छलफल भएको थियो । यी पक्षलाई तीव्ररुपमा अघि बढाउन पनि उनीहरु सहमत भएका थिए ।

बौद्ध धर्मसँग सम्बन्धित केही बुँदामा समेत मिलेर काम गर्न चीन र रुस पनि सहमत भएका थिए । रुसमा १५ मिलियन बौद्ध धर्मावम्लबी छन् । उक्त जनसंख्या तीर्थयात्रा गर्न भारत आउन इच्छुक रहेको जनाइएको छ । यसले दुई मुलुकबीच सांस्कृतिक सहयोग आदानप्रदान हुने अपेक्षा भारतले लिएको थियो ।