आरडीटी पोजेटिभ देखिएको चार दिनसम्म स्वाब संकलन भएन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आरडीटी पोजेटिभ देखिएको चार दिनसम्म स्वाब संकलन भएन



विशाल पाण्डेय/ कैलाली-

केहिदिन अघि घोडाघोडीका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा १६ जनाको रिपोर्ट पोजेटिभ देखिएको चार दिन बितिसक्दा पनि स्वाब संकलन हुन सकेकाे छैन ।

धनगढीस्थित प्रदेश प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाबको मौज्दात धेरै रहेका कारण तत्काल स्वाब संकलन नगरिएको स्वास्थ शाखा प्रमुख कैलाश रावतले बताए ।

भारतबाट आइ क्वारेन्टाइनमा आश्रय लिइरहेका ३ सय ७१ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) प्रविधि बाट कोरोना परिक्षण गर्दा नगरपालिकाको वडा न. ३ मा ४ जना, वडा न. ६ मा ४ जना, वडा न. ९ मा २ जना ,वडा न. ११ मा १ जना, वडा नं ८ मा ४ जना र वडा नं १ मा १ जना गरि कुल १६ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।