नाकाबाट नेपाल भित्रीने नागरिकलाई रेडक्रसले बाड्यो पानी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नाकाबाट नेपाल भित्रीने नागरिकलाई रेडक्रसले बाड्यो पानी



कैलाली । नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर र २ नम्बर उपशाखाले गौरीफन्टा नाकाबाट नेपाल भित्रीनेहरुलाई पानी, मास्क र साबुन वितरण गरेका छ्न । धनगढी २ नम्बर उपशाखाले भारतबाट नेपाल फर्किने नेपालीहरुलाई गौरीफन्टा नाकामा पानी वितरण गरेको हो ।

कोरोना भाइरस( कोभिड-१९) का कारण भारतका विभिन्न स्थानहरुबाट नेपाल भित्रिने नेपालीहरुलाई उपशाखाले करिब दस हजार बोतल पानी वितरण गरेको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा र युनिसेफको आर्थिक सहयोगमा उपशाखाले शुक्रबार र शनिबार दुई दिनमा दस हजार बोतल पानी वितरण गरेको उपशाखाका सचिव तेजबहादुर सिंहले जानकारी दिए ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाले धनगढी महानगरपालिका वडा नम्बर ९,१० र १२ मा निर्माण गरिएका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि आज मास्क तथा साबुन वितरण गरेको छ । उपशाखाले ३ वटा वडाहरुमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि दुई सय ३३ मास्क र दुई सय १३ साबुन वितरण गरेको उपशाखाका सभापति धर्मराज जोशीले जानकारी दिए ।