रेड हर्ष क्लब इलाम विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रेड हर्ष क्लब इलाम विजयी



ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्डकप अन्तर्गतको दोस्रो क्वाटर फाईनल खेलमा रेड हर्ष क्लब विजयी भएको छ ।

आयोजक न्यू स्टार क्लब बराहक्षेत्र-५ र रेड हर्ष क्लब, बिच भएको खेलमा ट्राइब्रेकर मार्फत ५-४ गोल अन्तरले विजय भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको दोस्रो हाफको ५ औ मिनेटमा रेड हर्ष क्लबका कप्तान जर्सी न: १५ का पासाङ शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर उक्त अग्रता केहिबेर मात्र कायम रह्यो ।

खेलको ५३औ मिनेटमा न्यू स्टार क्लबले डी बक्स छेउमा पाहेको फ्रीकिकलाई सदुपयोग गर्दै न्यू स्टारका कप्तान जर्सी न:१० का निसान लिम्बुले गोलमा परिणत गरी खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफको १० औ मिनेटमा न्यू स्टार क्लबका गोल रक्षक विश्वास चौधरी घाइते भई मैदान बाहिरीए पछि न्यू स्टारको पोल सम्हाल्न उज्वल राई प्रवेश गरेका थिए। खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकर बाट गरिएको थियो।

उक्त खेलका म्यान अफ द म्याच रेड हर्ष क्लब इलामका गोल रक्षक सूर्य अधिकारी घोषित भए । उनले विनायक कृषि सहकारी सस्थाका  व्यवस्थापक अर्जुन भट्टराईको हातबाट नगद रु पचा हजार प्राप्त गरे ।

भोलि हुने खेल चर्च ब्याइज क्लब काठमाडौँ र मोरङ फुटबल क्लब, मोरङ बिच हुनेछ।