रेडक्रसद्वारा पत्रकारलाई माक्स र सेनिटाइजर वितरण - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

रेडक्रसद्वारा पत्रकारलाई माक्स र सेनिटाइजर वितरण



कैलाली । रिपोटीङ्गका लागि फिल्डमा खटीने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।

नागरीकलाई सुचना प्रबाह गर्न आफ्नो ज्यानलाई जोखिम मोलेर फिल्डमा रिपोटीङ्गको लागि खटीने बिभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुलाई शुक्रबार KN 95 माक्स , सर्जिकल माक्स र सेनिटाईजर वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंग प्रसाद तिमिल्सैनाले जानकारी दिए ।

जिल्लाको लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिकाका र घोडाघोडी नगरपालिकाका विभिन्न मिडियामा कार्यरत २४ जना पत्रकारहरूलाई उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको सभापति तिमिल्सैनाले जानकारी दिए । रेडक्रसले कोरोनाको जोखिम मोलेर जनतालाई सूचना दिने संचारकर्मी तथा पत्रकारहरू लाई थोरै भए पनि सहयोग होस् भन्ने उद्वेश्यले उक्त स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको जनाएको छ ।