रेडियो लुम्बिनीको अध्यक्षमा चापागार्इं निर्विरोध निर्वाचित - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

रेडियो लुम्बिनीको अध्यक्षमा चापागार्इं निर्विरोध निर्वाचित



हिमाल पोष्ट / बुटवल, २९ मङ्सिर । रेडियो लुम्बिनीको मङ्गलबार सम्पन्न १८औँ साधारणसभा तथा अधिवेशनले मोहन चापागाईंको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष चापागार्इं सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब) का वर्तमान अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी, रेडियोको उपाध्यक्षमा इन्जिनियर दुजेन्द्र बस्नेत र कोषाध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्विरोध हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा इन्द्रबहादुर सुनार, देवी वाग्ले, सूर्यकुमार श्रेष्ठ, कन्हैयालाल कशौधन, हरिप्रसाद कँडेल, रामबहादुर बस्नेत, लोकराज चापागार्इं, शारदा अर्जेल, केशवराज गौतम, मधुकला कुँवर, विष्णुप्रसाद पाण्डे र रामप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, अर्जुनराज उपाध्याय संयोजक तथा रामचन्द्र पाण्डे र प्रकाश पाण्डे सदस्य रहेको लेखा समिति पनि चयन भएको छ । निर्वाचन समितिका संयोजक लक्ष्मण ज्ञवालीले नवनिर्वाचित कार्यसमिति तथा लेखासमितिलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष चापागाईंले समुदायको भावनाअनुसार सामाजिक परिवर्तनको अगुवा सञ्चारमाध्यमका रुपमा रेडियो लुम्बिनीलाई अगाडि बढाउन नयाँ समितिले योजना बनाएर काम गर्ने बताउनुभयो ।