‘म कट्टर हिन्दूवादी नारी हुँ, :रेखा थापा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘म कट्टर हिन्दूवादी नारी हुँ, :रेखा थापा



काठमाण्डु, २७ मंसिर– चर्चित अभिनेत्री रेखा थापा माओवादी केन्द्रं छाडेर राप्रपा प्रवेश गर्दैछिन् ।

रेखाले आज (सोमबार) आफू राप्रपा जान लागेको बताइन् । आफू हिन्दू धर्ममा विश्वास गर्ने र राप्रपाले हिन्दू राज्यलाई पार्टीको नीति बनाएकाले त्यही विषय मन परेर पार्टी परिवर्तन गर्न लागेको उनको भनाइ छ ।

समाज परिवर्तनका लागि माओवादीले उठाएका अरु एजेण्डा राम्रो लागे पनि धर्मनिरपेक्षतावादी विचार भने मन नपरेको रेखाले बताइन् । ‘मलाई माओवादीको पनि अरु कुरा राम्रै लागेको हो’, उनले भनिन्, ‘म कट्टर हिन्दूवादी नारी हुँ, राप्रपाले हिन्दू धर्मलाई एजेण्डा बनाएकाले त्यो कुरा मन पर्यो ।’