क्यामरुनमा रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु, तीनसय घाइते - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

क्यामरुनमा रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु, तीनसय घाइते



काठमाडौं, कात्तिक ६ । क्यामरुन एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ ।

याउन्ड र डेआला शहरको बीच एसेकामा यात्रुले भरिएका रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा तीन सयभन्दा बढी घाइते भएका छन् । अत्याधिक भारका कारण रेल दुर्घटना भएको हुनसक्ने बताइएको छ । ६ सय यात्रु क्षमताको रेलमा १३ सय सवार रहेको बताइएको छ ।

लगातारको वर्षाका कारण क्यामरुनको सडक ठाउँठाउँमा बिग्रिएकाले बसबाट यात्रा गर्न समस्या भएपछि रेलमा थप यात्रु लैजान नियमित भन्दा ८ वटा डिब्बा जोडिएको थियो ।

त्यहाँका यातायात मन्त्री एडगार्ड एलनले केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । (एजेन्सी)